November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राजस्व छली गर्ने २ कम्पनीविरुद्ध मुद्दा

4.8K

काठमाडाैं- झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छली गर्ने दुई कम्पनीविरुद्ध ३० करोड २८ लाख रुपैयाँभन्दा बढी विगो मागसहित मुद्दा दर्ता भएको छ। राजस्व अनुसन्धान विभागले हेटाैंडाको न्यु राहुल मोबाइल सेन्टर र वीरगञ्‍जको ब्याहुत ट्रेडर्सका सञ्‍चालकहरुविरुद्ध छुट्टा-छुट्टै मुद्दा दर्ता गरेको हो।

ती दुई मुद्दामा कूल ३० करोड २८ लाख दुई हजार ५५३ रुपैयाँ विगो असुल गरी उक्त फर्महरुका कारोबार सञ्‍चालक/प्रोप्राइटर तथा बैंक खाता सञ्‍चालकहरुलाई जरिवाना र कैद माग गरिएको छ।

विभागका अनुसार हेटौंडा उपमहानगरपालिका-५ स्थित न्यु राहुल मोबाइल सेन्टरका प्रोप्राइटर काजल केशरीसमेतले झुटा तथा नक्कली मू्ल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको पाइएको छ। प्रोप्राइटर केशरीसमेतबाट १२ करोड ३५ लाख २५ हजार २२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदाबी लिई चैत २६ गते उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ।

Advertisement

यसैगरी वीरगञ्‍ज महानगरपालिका-१२ रानिघाटस्थित ब्याहुत ट्रेडर्सका प्रोप्राइटर अनिलकुमार कलवारले पनि झुटा तथा नक्कली मू्ल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको पाइएको विभागको भनाइ छ।