November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा एकै दिन थपिए दुई लाख कोरोना संक्रमित

5.4K

काठमाडौं– भारतमा एकै दिन २ लाखको हाराहारीमा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ९९ हजार ५६९ जना नयाँ संक्रमित थपिएका हुन्।

त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ४० लाख ७० हजार ८९९ पुगेको छ। कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा रहेको छ। 

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २१ लाख ४९ हजार २२३ संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३६ लाख ७७ हजार ५६४ संक्रमित रहेका छन्। दुबै देशका ८० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्।

Advertisement

उक्त अवधिमा एक हजार ३७  जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७३ हजार १५२ पुगेको छ।

भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ। जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ। 

संक्रमितमध्ये एक करोड २४ लाख २६ हजार १४६ जना निको भइसकेका छन् भने १४ लाख ७१ हजार ५९२ सक्रिय संक्रमित रहेका छन्।