November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा २४ घण्टामा १ लाख ६० हजार बढी संक्रमित, ८८० जनाको निधन

2.5K

 काठमाण्डौं – भारतमा सोमबार एकैदिन १ लाख ६० हजार ६९४ कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये ९६ हजार ७२७ जना निको भएका छन् ।

भारतमा दिनहुँ तिब्ररुपमा बढ्दै गएको कोरोना संक्रमणका कारण सोमबार ८८० जनाको निधन भएको छ । भारतमा आइतबार र सोमबार मात्रै ३ लाख २० हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३७ लाख पुगेको छ । ती मध्ये १ करोड २२ लाख कोरोना संक्रमित निको भएका छन् भने हालसम्म १ लाख ७१ हजार ८९ जनाले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै १२ लाख ५८ हजार ९०६ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित बनेको महाराष्ट्र राज्यमा सोमबार ५१ हजार ७५१ जना नयाँं संक्रमित थपिएका छन् भने २८८ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म ३४ लाख ५८ हजार जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये २८ लाख ३४ हजार निको भइसकेका छन् । महाराष्ट्रमा हालसम्म ५८ हजार २४५ जनाको निधन भएको छ । त्यहाँ हाल ५ लाख ६४ हजार सक्रिय संक्रमित रहेका छन् ।