काठमाडौं–साताको पहिलो दिन सुन तथा चाँदीको मूल्य ओरालो लागेको छ। आइतबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार ८९ हजार ९ सय रुपैयाँ प्रतिताेला पुगेको सुन आज ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।
सुनसँगै आइतबार चाँदीको मूल्य पनि सामान्य रुपमा घटेको छ। साताको पहिलो दिन चाँदीको मूल्य प्रतिताेला पाँच रुपैयाँ घटेको महासंघले जनाएको छ।
शुक्रबार १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको बताइएको छ।