November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आईपीएल: मुम्बईलाई पराजित गर्दै बैंग्लोरको विजयी सुरुआत

2.2K

काठमाडौं- रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ। शुक्रबार राति भएको उद्घाटन खेलमा बैंग्लोरले साविक विजेता मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गरेको हो।

१६० रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। बैंग्लोरका लागि एबी डिभिलियर्सले ४८, ग्लेन म्याक्सवेलले ३९ र कप्तान विराट कोहलीले ३३ रन बनाए। बलिङतर्फ जसप्रित बुमराह र मार्को जेनसेनले समान दुई/दुई विकेट लिए।

चेन्‍नाईमा भएको आईपीएलको उद्घाटन खेलमा मुम्बई इन्डियन्सले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नाै विकेटको क्षतिमा १५९ रन बनाएको थियो। मुम्बईका क्रिस लिनले ४९, सूर्यकुमार यादवले ३१, इशान किसानले २८ र कप्तान रोहित शर्माले १९ रन बनाए।

Advertisement

मुम्बई इन्डियन्सलाई सस्तैमा समेट्न बलिङतर्फ बैंग्लोरका हर्सल पटेलले पाँच विकेट लिए। उनले चार ओभरमा २७ रन खर्चिएर पाँच विकेट लिएका थिए।