November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

श्रीलंका पुलिसविरुद्ध नेपाल आर्मी २-१ ले अगाडि

5.9K

काठमाडौं- नेपालको विभागीय टिम त्रिभुवन आर्मी क्लबले एएफसी कपको प्लेअफमा श्रीलंका पुलिस स्पोर्टस् क्लबविरुद्ध पहिलो हाफसम्म २-१ गोलको अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफसम्म २-१ गोलको अग्रता बनाएको हो। खेलको चौथो मिनेटमा विवेक बस्‍नेतले कप्तान भरत खवासलाई पास दिँदै बनाएको मुभमा विवेकले प्रहार गरेको बल श्रीलंका पुलिसका दिनेश महेन्द्रनले बचाएका थिए। खेलको १०औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको बल गोलकिपर महेन्द्रनले बचाए। खेलको १२औं मिनेटमा भरतले प्रहार गरेको बल गोललाइनबाट ए निकोलसले बचाए।

खेलको २८औं मिनेटमा आर्मीको डिफेन्सको गल्तीको मौका उठाउँदै इभान्स असन्तले गोल गरे। यो गोलसँगै श्रीलंका पुलिसले आर्मीविरुद्ध १-० गोलको अग्रता बनायो। खेलको ३४औं मिनेटमा नवयुग श्रेष्ठको क्रसमा कप्तान भरतले गोल गर्ने राम्रो अवसर पाएका थिए। डिबक्सभित्रै पाएको बल भरतले बाहिर हानेका थिए।

Advertisement