November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ललितपुर मेयर्स कप: सुदूरपश्चिम प्रदेश ८ विकेटले विजयी

2.4K

काठमाडौं- ललितपुर मेयर्स कप टी-ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश टिम खेल्ने भएका छन्। बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले हराएसँगै फाइनल पक्का भएको हो।

अंक तालिकामा तीन खेलमा छ अंक बनाउँदै एपीएफले यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो। लुम्बिनीविरुद्धको जितसँगै सुदूरपश्चिमको चार खेलमा छ अंक भएको छ। त्यसैले दुई खेलअघि नै फाइनल समीकरण पूरा भएको हो। तेस्रोमा रहेको प्रदेश १  र चौथोमा रहेको ललितपुर मेयर्स-११ को समान दुई अंक छ भने अन्तिममा रहेको लुम्बिनी प्रदेशले अंक जोड्न सकेको छैन।

बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर ब्याटिङ रोजेको थियो। जहाँ पूरा २० ओभर खेल्दा नाै विकेट गुमाएर ७२ रनमात्र बनाउन सक्यो। ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२.३ ओभरमा दुई विकेट जाँदा पूरा गरेको हो।

Advertisement

सुदूरपश्चिमका लागि मञ्जु बोकटीले ३० बलमा २६ रन, रेवती धामीले २२ बलमा १७ रन, विन्दु रावलले २० बलमा १७ रन र कविता जोशीले तीन बलमा चार रन बनाइन्। लुम्बिनीका लागि कृतिका मरासिनीले दुई विकेट लिएकी थिइन्।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि नितु भण्डारीले १४ बलमा चार रन, लक्ष्मी चौधरीले २९ बलमा २६ रन, सरस्वती जिएमले १९ बलमा नाै रन, नेरी थापाले ११ बलमा ११ रन, सरस्वती पुनले आठ बलमा दुई रन, वर्षा रानाले १८ बलमा आठ रन र एलिशा केसीले नाै बलमा तीन रन बनाएका थिए।