काठमाडौं- ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएको छ।
पहिलो कारोबार मूल्य न्यूनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा हुने गरी कम्पनीको दुई करोड २० लाख कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणका लागि एनएमबि क्यापिटल लिमिटेडमार्फत् ६६ लाख कित्ताका लागि खुल्ला बिक्री आह्वान गरेको थियो। त्यसमा कम्पनीका संस्थापकहरुले लगानी गरेको एक करोड ५४ लाख कित्ता सेयरसमेत गरी दुई करोड २० लाख कित्ता रहेको थियो।