November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

२५.७१ अंकले बढेर ऐतिहासिक विन्दुमा नेप्से

3.3K

काठमाडौं- यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २५.७१ अंकले बढेर ऐतिहासिक विन्दु कायम गरेको छ।

आज (आइतबार) परिसूचक ०.७८ प्रतिशत बढेर २६५७.६१ अंकमा पुगेको छ।

आज २१२ वटा कम्पनीको एक करोड ८१ लाख ७८ हजार कित्ता ८९ हजार ८६० पटक खरिद बिक्री हुँदा ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Advertisement

आज सबैभन्दा धेरै निर्जीवन बिमा समूह ५४३.९८ अंकले बढेको छ भने जीवन बिमा समूह १५४.८१ अंकले बढेको छ। त्यस्तै बैकिङ १४.६४, विकास बैंक २२.३९, जलविद्युत ३७.१४, वित्त ४३.९६ र अन्य समूह ६९.०५ अंकले बढेको छ। व्यापार, होटल तथा पर्यटन, उत्पादन र लगानी समूह क्रमशः २०३.५९, २९.८७, ८.०७ र २.४६ अंकले बढेको छ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै ४७ कोड ५७ लाख रुपैयाँ बराबरको आठ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै जनरल इन्स्योरेन्स कम्पनी र वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ९.९९ प्रतिशतका दरले कमाएका छन्। साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ४.६३ प्रतिशतका दरले गुमाएका छन्।