November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सगरमाथा आरोहणका लागि १ सय २३ जनाले लिए परमिट

3.3K

काठमाडौं– सन् २०२१ को वसन्त ऋतुमा विश्वको अग्लो शिखर सगरमाथा आरोहणका लागि १२३ जनाले परमिट लिएका छन। १४ आरोहण दलबाट सगरमाथा आरोहाणका लागि १२३ जनाले परमिट लिएका छन्।

योसँगै २७ आराेहण दलका २ सय १७ जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका हुन्। यसैगरी ४ टिमका ४४ जनाले अन्नपूर्ण, ल्होत्से आरोहणका लागि ७ जना,पुमरी आरोहणका लागि ५ जना र टुकुचे हिमाल आरोहणका लागि १ जना परमिट पाइसकेको छन्।

हिमाल आरोहणका लागि परमिट पाउनेमा १ सय ५७ जना पुरुष र ६० जना महिला रहेका छन्। पर्यटन विभागले हिमाल आरोहण अनुमति वापत १८ करोड ९० लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ।

Advertisement

सगरमाथा आरोहणका लागि परिमट लिएका मध्ये १६ जना बराइनी राजकुमारसहितको सदस्य हो।