November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बायर्नले लाइपजिगलाई १–० ले पराजित

2.2K

काठमाडौं– डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले बुन्डेसलिगा फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा बायर्नले लाइपजिगलाई १–० ले पराजित गरेको हो।

घरेलु टिम लाइपजिगविरुद्ध बायर्नको जितमा लियोन गोरेट्जकाले गोल गरे। मुख्य फरवार्ड रोर्बट लेवान्डोस्की विनै मैदानमा उत्रिएको बायर्नले प्रमुख प्रतिद्धन्दी लाइपजिगलाई पराजित गरेको हो।

लेवान्डोस्की आफ्नो देश पोल्याण्डबाट विश्वकपको युरोपियन छनोट खेल्दा घाइते भएका छन्। उनले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा फ्रेन्च टिम पिएसजीसँगको खेल समेत गुमाउने छन्।

Advertisement

लाइपजिगविरुद्ध खेलको ३८ औं मिनेटमा थोमस मुलरको पासमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। यही अग्रतालाई कायमै राख्दै बायर्नले लाइपजिगलाई १–० गोलले पराजित गरेको हो।

बुन्डेसलिगामा बोरुसिया डोर्टमुन्ड भने फ्रन्कफुर्टसँग २–१ गोलअन्तरले पराजित भएको छ। त्यस्तै, लिभरकुसेनले साल्केलाई २–१ गोलले नै पराजित गरेको छ।