November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकाको क्यालिफोर्नियामा गोलीबारी, एक बालकसहित ४ को मृत्यु

4K

काठमाडाैं- अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाबारीमा एक बालकसहित ४ जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।

लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो गोलीबारी दुई साताभित्रै भएको देशकै तेस्रो घटना हो। 

अरेन्ज नगरका प्रहरी जेनिफर अमाटका अनुसार घटनास्थलमा अपराह्न ५.३० बजे प्रहरी पुग्दा सर्वसाधारणमाथि गोली चलाउनेक्रम जारी थियो। ‘घटनास्थलमा पुग्नेबित्तिकै प्रहरीले आक्रमणकारीमाथि गोली चलाएको थियाे। उनलाई पनि गाेली लागेकाे छ। उनकाे उपचार स्थानिय अस्पतालमा भइरहेकाे छ,’ उनले भने।

Advertisement

घाइतेका बारेमा प्रहरीले तत्काल केही बताएको छैन, तर घटनामा एक बालक र एक महिला निकै गम्भीर रहेका जनाएको छ।क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले ट्वीट गर्दै उक्त घटना निकै भयावह र हृदयविदारक रहेको बताए। अरेन्ज नगर लस एन्जलसबाट करिब ४८ किलोमिटर दक्षिणमा रहेको छ र यहाँ करिब एक लाख ४० हजारको बसोबास छ। 

प्रहरी अधिकृत अमाटले यस सहरमा सन् १९९७ पछि सबैभन्दा डरलाग्दो गोलीकाण्ड भएको जानकारी दिए। त्यसबखत एक ४१ वर्षीय आर्टुरो रियेज टोरेजले एक प्रहरीसहित ४ जनालाई गोली हानी हत्या गरेका थिए। प्रहरी कारबाहीमा उनको पनि मृत्यु भएको थियो।