November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेप्सेको प्रणालीमा फेरि समस्या

5K

काठमाडौं- नेप्सेको प्रणालीमा प्राविधिक समस्या देखिएपछि बुधबार सेयर कारोबार प्रभावित भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन कारोबार प्रणाली (नट्स) बाट ब्रोकर कम्पनीहरुको कारोबार व्यवस्थापन प्रणाली टिएएसमा सेयर कारोबारसम्बन्धी विवरण लोड नभएपछि लगानीकर्ताले सेयर कारोबार गर्न नपाएका हुन्।

नेप्सेका अनुसार प्राविधिक समस्या देखिएपछि ब्रोकर डिएनए (डाइरेक्ट नट्स एक्सिस) प्रणालीलाई बन्द नै गरिएको छ। जसका कारण ब्रोकर कम्पनीहरुको टिएमएसबाट कारोबार हुन पाएको छैन। बुधबार कारोबार सुरु भएको एक घण्टामा नै यस्तो समस्या देखिएको हो।

Advertisement

नेप्सेको प्रणालीमा प्राविधिक समस्या देखिएर कारोबार प्रभावित भएको यो पहिलोपटक भने होइन।