November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकाद्धारा म्यानमारसँगको व्यापार सम्झौता स्थगित

3.4K

काठमाडौं– संयुक्तराज्य अमेरिकाले म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्मका लागि भन्दै म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकाले सोमबार योसम्बन्धी निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी व्यापार प्रतिनिधि केथेरिन ताईले जारी गरेको विज्ञप्तिमा  लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारको तत्काल पुनर्वहाली भएको हेर्ने अमेरिकी चाहना रहेको उल्लेख छ।

साथै विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले म्यान्मारसँग सन् २०१३ मा गरेको व्यापार तथा लगानी संरचना सम्झौतालाई तत्काल निलम्बन गरेको उल्लेख छ ।

Advertisement

गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिएसँगै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरिरहेको छ।