November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा कोरोना संक्रमित बढ्सँगै नेपालमा पनि बढ्यो जोखिम

8.1K

काठमाडौं– भारतमा पछिल्लो समय दैनिक रुपमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ।  भारतमा संक्रमितको संख्या बढेसँगै नेपालमा जोखिम बढ्ने बताइएको छ।

भारतका विभिन्न सहरमा निषेधाज्ञा सुरु भएसँगै कामका लागि गएका नेपालीहरु फर्कने क्रम सुरु भएकाले पनि जोखिम बढ्ने विज्ञहरुले बताएका छन्।     

पछिल्लो समय भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण खेखिएको बताइएको छ। यसअघि गत सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको कुल संख्या १ करोड २१ लाख ४८ हजार ४८७ पुगेको छ ।

भारतमा हालसम्म १ करोड १४ लाख ३२ हजार ५२ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ५३ हजार ९३३  जना अझै सक्रिय संक्रमणकै अवस्थामा छन्।

पछिल्लो २४ घण्टामा ३५५ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ५०२ पुगेको छ।