November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पत्रकार महासंघ कुवेत शाखाको तेस्रो अधिवेशनद्वारा अध्यक्षमा नवराज पन्थी सर्वसम्मत चयन

3.4K

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको २६ मार्च २०२१ शुक्रबारको दिन तेस्रो अधिवेशन वेवीनर (जुम भर्चुअल प्रविधी ) मार्फत नवराज पन्थीलाई अध्यक्षमा चयन गर्दै १० सदस्यको कार्य समिति सर्वसम्मत चयन गरेको छ ।  

भर्चुअल मार्फत गरिएको नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि प्रवाशी नेपाली पत्रकार सञ्जालका सचीव दामोदर नेपालको प्रमुख अतिथि रहेको थियो भने विशेष आतिथ्यतामा नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गाप्रसाद भन्डारी, एन आर एन ए कुवेतका अध्यक्ष सुजन केसि लगायत  नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम मिया, जापानका अध्यक्ष मोहन घले, युकेका अध्यक्ष नरेश खपांगी , पोर्चुगलका अध्यक्ष योगेन्द्र मिलन छन्त्याल, भारतका महासचिव अर्जुन खनाल, श्रम तथा रोजगार पात्रकार सुनिल न्यौपाने,  युरोपका अध्यक्ष केजिन राई, नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष भुपराज बस्याल लगाएतको उपस्थिति रहेको थियो ।  

उक्त कार्यक्रममा नेपाली राजदूतावासका राजदूत दुर्गाप्रसाद भन्डारी, एन आर एन ए  कुवेतका अध्यक्ष सुजन केसि, नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष भुपराज बस्याल लगायत उपस्थित बक्ताहरुले  शुभकामना मन्तव्य राखेका थिए।

Advertisement

कुवेतमा केही समय यता बढेको कोरोना संक्रमनलाई मध्य नजर गर्दै वेवानार जुम मार्फत  अधिवेशनमा, पत्रकार जय आलेको संयोजकत्वमा झापाली समाज कुवेतका अध्यक्ष तथा स्तम्भकार लोमास वाँस्तोला र एन आर एन ए कुवेतका महासचिव तथा पत्रकार दिलकुमार पाख्रीन रहेको  तीन सदस्यीय निर्वाचन समितीद्वारा निर्वाचित उम्मेदवारीहरुको नामावली  घोषणा गरेका थिए। निबर्तमान सचिव आनन्द आचार्यले सहजीकरण तथा नवराज पन्थीले उपस्थित सम्पुर्ण अतिथिहरुलाइ स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए।

नयाँ चयन भएका कार्यसमितीमा अध्यक्ष नवराज पन्थी, उपाध्यक्ष एकराज मल्ल, सचिव चन्द्र बिश्वकर्मा, सहसचिव हरि बानियाँ, कोषाध्यक्ष मनोज थापा साथै सदस्यहरु सुरेश कुमार गुरुङ्ग, विजय राज धामी, प्रेम जिमी, विजय लामा, आङ्ग काजी शेर्पा(आकाश शेर्पा) रहेका छन्।