November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्वमा एकै दिन ६ लाखभन्दा बढी संक्रमित थपिए

2.9K

काठमाडौं– गत २४ घण्टाभित्र विश्वमा ६ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुर उक्त अवधिमा विश्वभर ६ लाख १२ हजार ३२७ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १२ करोड ६६ लाख ७३ हजार २०६ पुगेको छ।

गत २४ घण्टाभित्र सबैभन्दा धेरै ब्राजिलमा ८२ हजार ५५८ जना नयाँ संक्रमित पहिचान भएका छन्। त्यस्तै अमेरिकामा ७३ हजार ८६७ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

छिमेकी मुलुक भारतमा गत २४ घण्टाको अवधिमा ६२ हजार २९१ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै भारतमा कूल संक्रमितको संख्या एक करोड १९ लाख आठ हजार ३७३ पुगेको छ।

सोही अवधिमा फ्रान्समा ४१ हजार ८६९, टर्कीमा २९ हजार ८१, पोल्याण्डमा ३५ हजार १४३ संक्रमित थपिएका छन्।