काठमाडाैं- मेक्सिकाेमा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ लाख नाघेकाे छ। बिहीबार स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारीअनुसार २ लाख २ सय ४१ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ।
याे दर बढेर ३ लाखसम्म पुग्न सक्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन्। मेक्सिकाेमा हाल काेराेना परीक्षणको अत्यन्त न्यून छ।
राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओबर्याडोरले खाेप अभियानलाई तिब्रता दिन थप सैनिक, सरकारी अधिकारीहरु र स्थानीय कर्मचारी खटाउने तयारी गरेका छन्।
यता मेक्सिकाेले अमेरिकासँग थप १ लाख १८ हजार एस्ट्राजेनेकाकाे काेराेना भाइरसविरुद्धकाे खाेप सहयाेग मागेकाे छ।