November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मुम्बईको काेभिड–१९ अस्पतालमा आगलागी, १० काे मृत्यु

2.6K

काठमाडाैं- भारतस्थित मुम्बईको एक कोरोना (काेभिड–१९) अस्पतालमा आगलागी भएको छ। बिहीबार मध्यरातमा सनराइज अस्पतालमा लागेकाे आगाेमा परी १० जनाकाे मृत्यु भएकाे छ।

यो अस्पतालमा भाइरसका संक्रमितको उपचार हुँदै आएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेहरु कोरोना संक्रमित हुन् वा होइनन् भन्ने खुलेको छैन।

आगो लागेसँगै अस्पतालका ७० बिरामीहरुको उद्धार गरी अन्य अस्पतालमा पठाइएको छ। प्रहरीले अहिले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएको छ।

Advertisement

भारतको मुम्बइमा पछिल्लो समय कोरोनाका नयाँ संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ। मुम्बईमा पछिल्लो २४ घण्टामा मात्र पाँच हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।