काठमाडाैं- ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा तीन हजार २५१ जनाको मृत्यु भएको छ। याे संख्या महामारी सुरु भएयता कै सबैभन्दा ठूलाे हाे।
योसँगै ब्राजिलमा कारोनाभाइरसका कारण मृत्यु भएकाहरूको संख्या दुई लाख ९८ हजार ६७६ पुगेको छ।
त्यसैगरी पछिल्लो एक दिनमा ब्राजिलमा कोरोना भाइरसबाट ८२ हजार ४९३ जना संक्रमित भएका छन्।
ब्राजिलमा अहिलेसम्म कूल एक करोड २१ लाख ३० हजार १९ जना कोरोनाबाट संक्रमित भएका छन्।