November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राजस्थानमा अनियन्त्रित कारले ठक्कर दिँदा पाँच विद्यार्थीको मृत्यु

5.3K

काठमाडाैं- भारतकाे राजस्थानस्थित जोधपुर डिभिजनको जोलोर जिल्लामा अनियन्त्रित कारले ठक्कर दिँदा पाँचजना विद्यार्थीको मृत्यु भएकाे छ।

जालोर जिल्लाको  दन्तवरा गाउँमा विद्यालयबाट फर्केका बालबालिकाहरुलाई कारले ठक्कर दिँदा तीन छात्रा र दुई छात्रकाे मृत्यु भएकाे हाे।

दुई महिला विद्यार्थीको बाटाेमै मृत्यु भएकाे र तीनजनाकाे अस्पतालमा मृत्यु भएकाे हाे। यता  एक विद्यार्थी घाइते छन्।  एक युवतीकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ।

Advertisement

दुर्घटनामा परेका विद्यार्थीहरु कक्षा ६ देखि १० मा अध्ययनरत थिए। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएकाे छ।