November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्वकप छनोट : बेल्जियमको जित

2.7K

काठमाडौं– बेल्जियमले विश्वकप छनोट फुटबलमा वेल्सलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

समूह ‘इ’ मा रहेको बेल्जियमको जितमा केभिन डे ब्रुयन, थोर्गन हजार्ड र रोमेलु लुकाकुले गोल गरे। यता, वेल्सका लागि ह्यारी विल्सनले गोल गरे।

खेलको १० औं मिनेटमा ह्यारीले गोल गर्दै वेल्सलाई अग्रता दिलाए। तर, यो अग्रता वेल्सले कायमै राख्न नसक्दा हार ब्यहोरेको हो। खेलको २२ औं मिनेटमा केभिनले गोल गर्दै बेल्जियमलाई १–१ गोलको बराबरी दिलाए।

Advertisement

२८ औं मिनेटमा थोर्गनले गोल गर्दै पहिलो हाफसम्म बेल्जियमलाई २–१ गोलको अग्रता दिलाए। ७३ औं मिनेटमा लुकाकुले पेनाल्टीबाट गोल गरेपछि बेल्जियमले ३–१ गोलको जित निकालेको हो।