November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्वकप छनोटमा पोर्चुगलको जित

3.9K

काठमाडौं– पोर्चुगलले विश्वकपअन्तर्गत युरोप छनोटमा जित निकालेको छ। बिहीबार राति भएको खेलमा पोर्चुगलले अजरबैजानलाई पराजित गर्दै विश्वकप छनोटमा विजयी सुरुवात गरेको हो।

अजरबैजानविरुद्ध पोर्चुगलले १–० गोलको कठिन जित निकाल्यो। समूह ‘ए’ मा रहेको पोर्चुगलको जितमा अजरबैजानका माक्सिम मेडभेडेभले आत्मघाती गोल गरे। खेलको ३७ औं मिनेटमा उनले आफ्नै पोष्टमा आत्मघाति गोल गरेपछि पोर्चुगलले अग्रता बनाएको थियो।

पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।

Advertisement

त्यस्तै, विश्वविजेता फ्रान्स भने आफ्नो पहिलो खेलमा १–१ गोलको बराबरीमा रोकिएको छ। फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो।