November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतद्धारा कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्यातमा रोक

6K

काठमाडौं–भारतले तत्कालका लागि कोरोनाभाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक लगाउने भएको छ।

पछिल्लो समय संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउनेको संख्या बढेको भन्दै भारतले अरू देशलाई भ्याक्सिन निर्यात नगर्ने सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतको अवस्था समाधान नभएसम्म बिहीबारदेखि कुनै निर्यात नहुने भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले लेखेका छन्।

Advertisement

तर भारत सरकार वा भारतमा खोप बनाउने कम्पनी सेरम इन्स्टिच्युटले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन्।

भारतमा आगामी अप्रिलदेखि ४५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ।

कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेकाले आउँदा सातामा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन्।