November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

म्यानमारमा सेनाको गोलीबाट सात वर्षीया बालिकाको मृत्यु

3.4K

काठमाडाैं–म्यानमारमा जारी हिंसाका कारण मारिनेको संख्या दैनिक रुपमा बढिरहेको छ। सैनिक दमनका कारण कय्यौ बर्मैलीको ज्यान गइसेको छ।

सेनाको गोलीबाट हिजो घरमै बसेकी सात वर्षकी बालिकाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

गत नोभेम्बरमा सम्पन्न चुनावको मतगणनापछि राष्ट्रपति विन मिन्ट र एनएलडीकी प्रमुख नेतृ आङ सान सू चीसहित अधिकांश नेतालाई सेनाले पक्राउ गरेर सैन्य शासन लागु गरिएको थियो। त्यसयता म्यानमारमा सेनाविरुद्ध प्रदर्शन जारी छ।

Advertisement

हिजोसम्म २७५ जनाको मृत्यु भएको छ भने २ हजार ८१२ जना पक्राउ परेको समाचारमा उल्लेख छ।