November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चक्लेटको प्रलोभन देखाएर बिहारमा एकै व्यक्तिले ६ बालिकालाई बलात्कार

6.7K

काठमाडाैं- भारतको बिहारअन्तर्गत लखिसरायस्थित कजरा गाउँमा १० दिनमा ८ बालिका बलात्कार भएका छन्।

प्रकाश तान्ती नाम गरेका ५० वर्षीय व्यक्तिले चकलेटको लोभ देखाएर ५ देखि ७ वर्षसम्मका ८ बालिकालाई बलात्कार गरेका हुन्। 

बालिकाहरूलाई आफ्नो पसलमा बोलाएर चक्लेट दिई तान्तीले बलात्कार गर्ने गरेको प्रहरीले जनाएकाे छ। सोमबार साँझ दुई बालिकाको स्वास्थ्य बिग्रिएपछि उनीहरूले तान्तीले बलात्कार गरेकाे बताएका थिए। लगत्तै पीडित परिवारको उजुरीका आधारमा ती उनलाई पक्राउ गरिएको हाे।

Advertisement

प्रहरीले बलात्कार भएका भनिएका ८ बालिकाकाे पनि स्वास्थ्य अवस्था चेकजाँच गर्ने जनाएकाे छ।