November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मंगलबार नेप्सेमा दोहोरो अंकको वृद्धि

2.9K

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि देखिएको छ। सोमबार २४ अंकले घटेको सेयर बजार मंगलबार १४.५७ अंकले बढेर २५२८.९५ अंकमा कायम भएको छ।

मंगलबार २०८ कम्पनीको १ करोड २ लाख ७६ हजार कित्ता सेयर ६१ हजार ४२२ पटक खरिद-बिक्री हुँदा ५ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा सबैभन्दा धेरै जीवन बिमा समूह ९८.७८ अंकले घटेको छ। त्यस्तै बैंकिङ ६.६८, विकास बैंक ६.०५, वित्त ४.७४, उत्पादन ४२.३३, र अन्य समूह ११.४१ अंकले घटेको छ। सबैभन्दा धेरै बढ्नेमा भने व्यापार समूहको उपसूचक ३४६.४६ अंकले बढेको छ। त्यस्तै निर्जीवन बिमा १७४.०४, जलविद्युत १२९.८४, होटल तथा पर्यटन समूह १५५.५, र लघुवित्त समूह ६९ अंकले बढे

Advertisement