November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रुसका ३८ वटा विदेशी भू-उपग्रह भोकेर सोयुज यान अन्तरिक्षतर्फ

3K

एजेन्सी – रूसले ३८ वटा विदेशी भू-उपग्रह राखेर सोयुज अन्तरिक्ष यानलाई अन्तरिक्षतर्फ पठाइएको छ। कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रूसी अधिकारीहरूले बताएका छन्।

विगतमा प्राविधिक कारणवश दुई पटक स्थगित गरिएको उडान आज सोमबार सफल भएको रूसी अन्तरिक्ष निकाय रोसकोसमोसले जनाएको छ। अन्तरिक्ष पठाइएका भू-उपग्रहहरू दक्षिण कोरिया, जापान, क्यानडा, साउदी अरेबिया, जर्मनी, इटाली र ब्राजिल समेत १८ वटा मुलुकका छन्।

अन्तरिक्षमा प्रक्षेपण गरिएका भू-उपग्रहमध्ये ट्युनिसिया आफैँले विकास गरेको भू-उपग्रह समेत रहेको छ। यो उपग्रह टेल्नेट दूरसञ्चार समूहले तयार पारेको हो।

Advertisement