November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा एकै दिन थपिए ४० हजार काेराेना संक्रमित

2.3K

काठमाडौं- भारतमा शुक्रबार कोरोना भाइरसका करिब ४० हजार नयाँ संक्रमित थपिएका छन्। नयाँ संक्रमितको यो संख्या गत २९ नोभेम्बर यताकै सबैभन्दा उच्च हो।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा शुक्रबार थपिएका ३९ हजार ७ सय २६ सँगै कुल संक्रमितकाे संख्या एक करोड १५ लाख १४ हजार नाघेको छ।

यस्तै भारतमा १९ हजार संक्रिय संक्रमित रहेका छन्।

Advertisement

पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितमध्ये ६५ प्रतिशत महाराष्ट्रमा फेला परेका हुन्। पञ्जाब, केरला, कर्नाटका, गुजरात र राजधानी दिल्लीमा कोरोना संक्रमित धेरै फेला परेकाे मन्त्रालयले जनाएकाे छ। 

भारतमा पछिल्लाे २४ घण्टामा  कोरोना संक्रमणबाट थप १५४ जनाको मृत्यु भएको छ। याेसँगै मृतककाे संख्या एक लाख ५९ हजार ३७० पुगेकाे छ।

मन्त्रालयका अनुसार अहिलेसम्म चार सय मानिसहरु कोरोनाको नयाँ प्रकार (भेरियन्ट) बाट संक्रमित भएका छन्। जसमध्ये १५८ जना मानिसहरु पछिल्लो दुई सातामा फेला परेका छन्।  

पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्न थालेपछि भारतका केही सहरले रात्रीकालीन कर्फ्यू र धार्मिक तथा राजनीतिक भेलामा रोक लगाइएकाे छ। शुक्रबार भारतको महाराष्ट्रले थिएटर तथा सिनेमा हलमा कुल क्षमताको आधा मानिस मात्र राख्न पाइने नियम ल्याएको छ।