काठमाडाैं- म्यानमारकाे सैनिक निकट जुन्ता सरकारले भ्रष्टाचारको अभियोग लगाएको लोकतान्त्रिक नेतृ आङ साङ सू चीलाई १५ वर्षको जेल सजाय हुनसक्ने चेतावनी दिएकाे छ।
सरकारी टेलिभिजन एमआरटीभीले दिएकाे जानकारी अनुसार भ्रष्टाचारविरुद्धको कानून उल्लंघन गरेका कारण सू चीलाई १५ वर्षको जेल सजाय ताेकिन सक्ने भएकाे हाे।
फ्रेबुअरी १ मा सैन्य शासन लागू भएदेखि सू चीविरुद्ध वाकीटकी राखेकाे, काेराेना प्राेटाेकल उल्लघंन गरेकाे, निर्वाचनमा धाँधली गरेकाे र सरकारमा हुँदा भ्रष्टाचार गरेकाे लगायत विभिन्न आराेप लगाएकाे छ।