November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काबुलमा बम विष्फोटमा परी तीनजनाको मृत्यु, ११ घाइते

3.2K

काठमाडाैं- अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी तीनजनाको मृत्यु भएको छ। उक्त विष्फोटमा अन्य ११ जना घाइते भएका छन्।

काबुल प्रहरीका प्रवक्ताले बिहीबार सरकारी कर्मचारी बोकेको गाडीमा भएकाे विष्फाेटमा परी तीनजनाको मृत्यु भएको पुष्टि गरेका छन्।तर, विष्फोटमा ज्यान गुमाउनेहरुको पहिचान खुल्न सकेकाे छैन।

घटनको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले लिएको छैन। यता तालिबानलेयो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

Advertisement

अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ताको बावजुद पनि पत्रकार, कार्यकर्ता र सरकारी कर्मचारीहरू विरुद्धको हत्या जारी रहेको बताइएको छ।