November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अफगानिस्तानमा बम विस्फोट, एक बालकसहित ६ जनाकाे मृत्यु

3.6K

काठमाडौं- अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा पाँच महिला र एक बालकको मृत्यु भएको छ। सोमबार साँझको व्यस्त समयमा काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा उक्त घटना भएको सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्।

विस्फाेट अन्य १७ घाइते भएका मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले जानकारी दिएका छन्। यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्। यसैगरी मंगलबार उत्तरी अफगानिस्तानको बघलान युनिभर्सिटीका विद्यार्थी र शिक्षक बोक्ने एक बसमा भारी हतियारसहित बन्दुकधारीहरुले आक्रमण गरेका थिए। 

यस आक्रमणमा परी एक विद्यार्थी र चालक मारिनुको साथै अन्य छ जना शिक्षक घाइते भएका बघलान विश्वविद्यालयका डीन अब्दुल कादिर महानले बताए।

Advertisement

गत आइतबार राजधानी काबुलमा भएको दुईवटा बम विस्फोनमा तीन जना सर्वसाधारणको मृत्यु हुनको साथै एक दर्जन भन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ।