November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनको मूल्य वृद्धि

2.1K

काठमाडौं–केही दिनदेखि स्थिर रहेको सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघका भनाइ छ।

Advertisement

नेपाली बजारमा लगातार बढेको चाँदीको मूल्य भने आज ओरालो लागेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ। 

चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघकोे भनाइ छ।