November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दक्षिण कोरिया आइपुगे अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री

3.4K

सियोल- अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका सिलसिलामा सियोल आइपुगेका छन्।

चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले अमेरिकासँगको दक्षिण कोरियाको सम्बन्धलाई थप सुदृढ बनाउन प्रयास गर्ने बताइएको छ। उनीहरुले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग छलफल गर्ने छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले उदीयमान चीनको बढ्दो प्रभावलाई रोक्न एसियाका प्रमुख साझेदार मुलुकहरुसँगको गठबन्धनलाई अझ बलियो बनाउन चाहेका छन्।

Advertisement

उनीहरुले यसअघि जापानको भ्रमण गरेका थिए। यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो।

टोकियोबाट सियोल प्रस्थान गर्नुअघि अमेरिकी विदेशमन्त्री ब्लिन्केनले देशभित्र बढी दमन र विदेशमा तीव्रताका साथ विस्तार हुने चाहना चीनले राखेको आरोप लगाए।