November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लहान विष्फोट गराउन संलग्न रहेको एक युवक पक्राउ

3.2K

लहान – ८ सिथत रहेको मालपोत कार्यालयमा आइतबार बम विष्फोट गराउन संलग्न रहेको एक युवक पक्राउ परेको छ । लहान–१८ भदैया घर घएको वर्ष २७ को बलराम मण्डललाई सुखीपुर –२ विद्यानगरबाट पक्राउ गरिएको सिरहा जिल्ला सशस्त्र गणपति प्रहरी उपरीक्षक दिपेश गिरीले जानकारी दिएका छन् ।

मालपोत कार्यालयमा बम विष्फोट हुनुभन्दा अघि कार्यालय छिरेका महतोको सिसिटिभी क्यामरामा कैद भएको तस्बीरको आधारमा गहन अनुसन्धानपछि पक्राउ गरिएको हो । आइतवार बम विष्फोट हुँदा आठ जना घाइते भएको थियो भने धनगडीमाइ नगरपालिका–४ जयपुरका ३० वर्षिय दिनेश भण्डारीको अवस्था गम्भीर भएपछि उपचारको लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठको पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाण्डौ पुरयाएको थियो भने कार्यालयका सुब्बा शिवकुमार यादवको उपचार विराटनगरमा भइरहेको छ भने वाँकी ६ जनाको लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा भइरहेको छ ।

मालपोत कार्यालय लहानमा विष्फोट गराएको घट्नाको जिम्मेबारी विज्ञप्ति प्रकाशित गरेर जन्तान्त्रिक तराइ मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक जय कृष्ण गोइतले जिम्मेबारी लिएको थियो । समाचार : गोरखापत्र अनलाइन

Advertisement