काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ३११ नमुना परीक्षणमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ७९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ३१० पुगेको छ ।
त्यसैगरी आज देशैभरी ७५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७१ हजार ४०४ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ ।
त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ४४ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ८९ रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २२ लाख १८ हजार ७२२ वटा नमुना परीक्षण गरिएको छ ।
त्यसैगरी नेपालमा आइतबारसम्ममा १५ लाख ५५ हजार ४११ जनाले कोरोना विरुद्धको खोप लिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।