November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकाको कोलोराडोमा भारी हिमपात, हवाई उडान बन्द

3.9K

काठमाडौँ – संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनबर लगायत अन्य राज्यहरुमा भएको भारी हिमपातका कारण २ हजार हवाई उडानहरु रद्द भएका छन् ।

हवाई सेवा अवरुद्ध भएका कारण सयौं यात्रु विमानस्थलमा नै बस्न बाध्य भएका छन् ।

डेनवरमा १८ देखि २४ इन्जसम्मको हिउँ जमेपछी आपतकाल समेत घोषणा गरिएको छ ।

Advertisement

कोलोराडो पारवहन बिभागले एक सूचना जारी गरी अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अपील गरेको छ ।

यातायातका साधन सञ्चालन अवरुद्ध भएका कारण कोलोराडोका विधालय तथा कलेजहरु पनि बन्द गरिएका छन् ।

गत फेब्रुअरीमा अमेरिकाको टेक्सासमा भारी हिमपात हुँदा २१ जनाको मृत्यु भएको थियो भने त्यसको प्रभाव २५ दिनसम्म परेको थियो ।