November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पिएसजीले घरेलु मैदानमा ९ वर्षपछि लगातार दोस्रो हार

3.1K

काठमाडौं- फ्रेन्च लिग वानमा १८औँ स्थानमा रहेको नान्तेससँग २-१ ले पराजित हुँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) लिगको शीर्ष स्थानमा उक्लनबाट चुकेको छ।

लिगमा पिएसजीले घरेलु मैदानमा ९ वर्षपछि यो लगातार दोस्रो हार भोगेको हो। यसअघि मोनाकोसँग २-० ले पराजित भएको थियो।

खेलको ४२औँ मिनेटमा जुलियन ड्राक्सलरको गोलमा पिएसजीले बनाएको अग्रता निरन्तर रहन सकेन। नान्तेसका लागि खेलको ५९औँ मिनेटमा रान्डेल कोलोले बराबरी गोल गरे। ७१औँ मिनेटमा मोसेस सिमोनले नान्तेसका लागि विजयी गोल गरे।

Advertisement

नान्तेसविरुद्धको खेल पिएसजीका लागि शीर्ष स्थानमा पुग्न महत्त्वपूर्ण थियो। लिगमा शीर्ष स्थानमा रहेको लिलेको २९ खेलमा ६३ अंक रहेको छ। दोस्रो स्थानमा रहेको पिएसजीले २९ खेलबाट ६० अंक जोडेको छ। लिगमा १८औँ स्थानमा रहेको नान्तेसको २९ खेलमा २७ अंक रहेको छ।

च्याम्पियन्स लिगमा बार्सिलोनालाई अन्तिम १६ मा हराएर क्वाटरफाइनल पुगेको पिएसजी यो सिजन लिग वानमा ७ खेलमा पराजित भइसकेको छ।