काठमाडौं–इजरायलमा दुई वर्षभित्र चौथो पटक निर्वाचन हुने भएको छ। इजरायलमा यही मार्च २३ मा नयाँ निर्वाचन हुँदै छ।
गत वर्ष भएको निर्वाचनमा कुनै पार्टीले बहुमत नल्याएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सैनिक भूमिकाबाट इजरायली राजनीतिमा आएका केन्द्रवादी बेन्नी गान्जको सहयोगमा नेतन्याहुको नेतृत्वमा सरकार बनेको थियो।
नेतन्याहु नेतृत्वलाई सरकार गठन भएकै महिनादेखि गान्जले अविश्वास प्रकट गर्न थालेपछि इजरायली राजनीतिले विश्वभर चर्चा पाएको थियो। गठबन्धनको केही महिनामै सरकारले नयाँ निर्वाचन गरी ताजा जनादेश लिने प्रयास थालेको थियो।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोभिड–१९ विरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले बताएका छन्।