काठमाडौं–सेनाले कू गरी सत्ता हातमा लिएपछि सुरु भएको आन्दोलन निरन्तर जारी छ।
प्रदर्शनका क्रममा सेनाको दमनमा परी आइतबार एकै दिन कम्तिमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।
आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सुरक्षा बलले यङ्गुनको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो। प्रदर्शनकारी पनि लाठी र चक्कुका साथ प्रदर्शनमा उत्रिएका थिए।