November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरिया र फिनल्याण्डसँगको हवाई सम्झौता तत्काल नहुने

3.5K

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काल कोरियासँगको पुरानो हवाई सम्झौता पुनरावलोकन नहुने जानकारी दिएको छ।

मन्त्रालयका हवाई उद्योग महाशाखा प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानले एक वर्ष अगाडि नै कोरियासँग हुन लागेको हवाई सम्झौता पुनरावलोकनको कार्य अहिले तत्काल हुने अवस्था पुगेको जानकारी दिए।

‘कोभिड अगाडि नै कोरियासँको हवाई सम्झौता पुनरावलोकनको विषयमा छलफल भएको थियो,’ लामिछानेले भने, ‘अहिले हवाई मुभमेन्ट नबढेको र तत्काल बढ्ने अवस्थामा पनि नरहेको भन्दै हवाई सम्झौता पुनरावलोनमा कोरियाले  चासो दिएको छैन।’

Advertisement

कोभिड अगाडि नै फिनल्याण्डसँग हवाई सम्झौताको प्रक्रिया अगाडि बढको थियो। उक्त विषय अहिले अघि नबढेको मन्त्रालयको भनाइ छ।