November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आजको मौसम पूर्वानुमानः केही पहाडी भूभागमा वर्षाको सम्भावना

२०७७ फाल्गुन २९

3.5K

काठमाडौं– पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका केही स्थानमा आशिंक बदली सहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। 

हाल  सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी प्रदेश  र बागमती प्रदेशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागहरूको मौसम सफा रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहने जनाउँदै विभागले देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्ट्याङ सहित सामान्य वर्षाको सम्भावना रहेको बताएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको समेत विभागको दाबी छ।

Advertisement

राति भने  गण्डकी, बागमतीसँगै  प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा  रहनेछ।