November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दक्षिण अफ्रिकी जुलु राजा गूडविल ज्वेलिथिनीको निधन

२०७७ फाल्गुन २८

3.3K

काठमाडौँ – दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ।

मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका राजा गूडविलको शुक्रबार निधन भएको राजदरबारले घोषणा गरेको छ। राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका राजा गूडविल ज्वेलिथिनीको शुक्रबार बिहान निधन भएको उल्लेख छ।

राजा गूडविलले जुलु देशको राजाका रुपमा निकै लामो अवधि शासन गरेका थिए। उनको शासनकाल झण्डै पाँच दशक रहेको थियो। सन् १९४८ मा उत्तरी क्वाजुलु–नाटालको नोङ्गोमामा जन्मिएका गूडविल सन् १९६८ देखि राजगद्दीमा रहेका थिए।

Advertisement

परम्परागत नेतृत्व सम्बन्धी दक्षिण अफ्रिकाको संविधान बमोजिम जुलु राजाले आफ्नो समुदायको प्रतिनिधित्व गर्न सक्ने व्यवस्था छ।