काठमाडौं– पश्चिम अफ्रिकी मुलुक आइभरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको निधन भएको छ।
अर्बुद रोगबाट पीडित ५६ वर्षीय प्रधानमन्त्री हामेदको जर्मनीको एक अस्पतालमा उपचारकै क्रममा बुधबार निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
आइभरी कोस्टका राष्ट्रपति अलास्साने औटाराले ट्वीट गर्दै हामेदको निधनले मुलुक शोकमा डुबेको बताएका छन्।