November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

क्यासेट टेपका आविष्कारक लाउ ओटेन्सको मृत्यु

२०७७ फाल्गुन २७

3.5K

न्युयाेर्क– क्यासेट टेपका आविष्कारक लाउ ओटेन्सको निधन भएको छ। ९४ वर्षे ओटेन्सको गत मार्च ६ मा निधन भएको वासिङ्टन पोस्टले पुष्टि गरेकाे हाे।

सन् १९६० को दशकमा नेदरल्यान्ड्सका वैज्ञानिक ओटेन्सले क्यासेट टेपको पहिलोपटक आविष्कारक गरेका थिए।

उक्त क्यासेट टेप रिलको सहारामा चल्दथ्यो। सो रिलबाट चल्ने क्यासेट टेपको माध्यमबाट धेरै वर्ष मानिसहरुले गीत सुन्ने सुविधा पाएका थिए।

Advertisement

उनले क्यासेट टेपको आविष्कार गरेपछि यसले भिडियो टेप आविष्कार गर्न सहयोग गरेको थियो।