November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रपतिको कोभिड राहत प्याकेज अमेरिकी तल्लो सदनबाट पारित

२०७७ फाल्गुन २७

2.8K

काठमाडौं–राष्ट्रपति जो बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज अमेरिकी कंग्रेसको तल्लो सदनले पारित गरेको छ।
१९ खर्ब डलरको यो प्याकेजले कोभिडको प्रभाव झेलिरहेका अमेरिकीहरूलाई राहत दिने बताइएको छ।

हालसम्म अमेरिकाले कोभिड महामारीको पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि माथिल्लो सदनले यो प्रस्ताव बहुमतबाट पारित गरेको थियो। राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो राहत प्याकेज लागु हुने बताइएको छ।

राष्ट्रपतिले घोषणा गरेको यो प्याकेजलाई रिपब्लिकन दलका सांसदहरूले भने अस्वीकार गरेका थिए। प्याकेजमा अधिकांश अमेरिकीहरूले पाउने गरी एकमुष्ट प्रतिव्यक्ति १४ सय डलरको सहयोग सामेल छ। यसले बेरोजगारलाई दिने गरिएको साप्ताहिक ३ सय डलरको सुविधा सेप्टेम्बरसम्म जारी राख्नेछ।

Advertisement