November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकामा कोरोनाबाट ५ लाख ४० हजार संक्रमितको मृत्यु

२०७७ फाल्गुन २६

4.2K

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख ४० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७०४ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ४० हजार ५७४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५५ हजार ६८३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकै दिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

Advertisement

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९८ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड ५  लाख ४९ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८७ लाख ११ हजार २५४ जनामध्ये १२ हजार ७१५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।