November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राप्रपाद्धारा पाँच वटा प्रदेशमा प्रदेश अध्यक्ष र उपाध्यक्ष नियुक्त

२०७७ फाल्गुन २६

2.5K

काठमाडौं–राप्रपाका अध्यक्ष त्रयले पार्टीको अन्तरिम विधान अनुसार पाँच वटा प्रदेशमा प्रदेश अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेका छन्।

प्रदेश-१ मा अध्यक्षमा राम थापा, उपाध्यक्षमा सगुन सुन्दर लावती, प्रदेश-२ मा अध्यक्षमा रामचन्द्र राय, उपाध्यक्षमा महेश लाल महासेठ चयन भएका हुन्। त्गयसैगरी, गण्डकी प्रदेश अध्यक्षमा हेमजङ्ग गुरुङ तथा उपाध्यक्षमा महेश्वर रोक्का मनाेनित भएका भने लुम्बिनी प्रदेश अध्यक्षमा प्रदीप कुमार उदय, उपाध्यक्षमा कैलाश गुरुङ चुनिएका हुन्।

कर्णाली प्रदेशमा अध्यक्षमा दिप बहादुर शाही तथा उपाध्यक्षमा जनक सिंह ठकुरी मनाेनित भएकाे राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।

Advertisement

बाँकी दुई प्रदेशको पनि छिट्टै मनोनयन हुने नेता श्रेष्ठले बताएका छन्।