काठमाडौँ – आज (बुधबार) सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा सुन खरिद बिक्रि भएको थियो । त्यस्तै, मंगलबार ८५ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज (बुधबार) प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी, चाँदीको मुल्य आज प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।