November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोनको चपेटामा परेका एशिया–प्रशान्त क्षेत्रका देशलाई सहयोग गर्दै जापान

२०७७ फाल्गुन २६

2.2K

काठमाडौं–जापानले कोरोना महामारीको चपेटामा परेका एशिया–प्रशान्त क्षेत्रका देशहरुलाई सहयोग गर्ने भएको छ। उक्त क्षेत्रका २५ विकासशील देशलाई कोरोना भाइरस विरोधी खोप लगाउने प्रयासमा सघाउन जापानले  आर्थिक सहायता उपलब्ध गराउने भएको हो।

जापान सरकारले नेपाल, भुटान, म्यानमार, श्रीलंकासमेत २५ देशलाई ४ करोड १० लाख डलर (१ अर्ब ३० करोड येन) बराबरको आपतकालीन सहायता उपलब्ध गराउने भएको निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो सहायता सम्बन्धित देशमा खोप राख्न फ्रिजर र ट्रक खरिद गरी खोप दिगो रुपमा डेलिभरीमा सघाउने अन्य अत्यावश्यक उपकरण सुरक्षित गर्न दिइने जापानी अधिकारीले बताएका छन्।

Advertisement

सहयोग पाउने अन्य देशमा इन्डोनेशिया, फिलिपिन्स, थायल्यान्ड, पूर्वी टिमोर, फिजी, लाओस, ब्रुनाई, भियतनाम आदि छन् ।

जापानले कोभ्याक्स अभियानमार्फत पनि विकाशसशील देशहरुलाई सहयोग गरिरहेको छ।